काठमाडाैं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट दिने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको गत भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने छ भने ५.५३ प्रतिशत कर प्रयोजनसहित नगद लाभांश दिने छ।नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले लाभांश …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकमा खाता खोल्दा थप पाँच नयाँ फाइदा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा थप पाँच सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरू सँगसँगै डिम्याट खाता, मेरो सेयर, सि–आस्वा, तथा टीएमएस खाता खोल्न आवेदन दिन पाइने छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री)का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनको लागि मेरो सेयर, आईपीओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेसन …
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा सार्वजनिक गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने छन् । उक्त योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण …
पुरा पढ्नुहॊस »तीजको उपलक्ष्यमा कुमारी बैंकले ल्यायो ‘क्यास ब्याक’ योजना
काठमाडौं । कुमारी बैंक लिमिटेडले महिला खातावालालाई लक्षित गरी तीजको उपलक्ष्यमा क्यास ब्याक योजना ल्याएको छ । नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका खातामा यस्तो योजना ल्याएको हो । बैंकका अनुसार विदेशबाट रेमिट्यान्स पाउने गरी खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत रकम भुक्तानी गर्दा तीजको शुभकामनास्वरुप यही भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई १ सय रुपैयाँको …
पुरा पढ्नुहॊस »कुमारी बैंकका ग्राहकले काठमाडौं नेत्रालय आईकेयरमा छुट पाउने
काठमाडौँ । कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौंस्थित काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार उक्त आई केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूले चिकित्सक परामर्श÷जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवा बाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंक र चित्रकार चाटर्ड कम्पनीबिच सम्झौता
काठमाडौँ । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ०९ : एक्सपेक्टेड क्रेडिट लस मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेस सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ । साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंक र सुबिसु केबल नेटबिच समझदारी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेट बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकहरूले ३०० एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५% साथै २०० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट जडानको क्रममा ५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंकका ग्राहकलाई संगम स्विट्समा विशेष छूट सुविधा
काठमाडाैं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई संगम स्विट्समा १० प्रतिशतसम्मको विशेष छूट सुविधा दिने भएको छ । उक्त छूट सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा दुबै कम्पनीका प्रतिनिधिले हस्ताक्षर समेत गरेका छन् । हस्ताक्षरपश्चात् कम्पनीका ग्राहकहरूले संगम स्विट्सको कमलपोखरीस्थित आउटलेटमा न्युनतम २०० रुपैयाँको खरिदमा १० प्रतिशतसम्मको आकर्षक छूटको लाभ लिन सक्नेछन्। त्यसैगरी, हालै कम्पनीले ललितपुरस्थित मेडेक्स मल्टीस्पेस्यालिटीमा २० प्रतिशतसम्मको छूट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, कम्पनीले काठमाडौंस्थित …
पुरा पढ्नुहॊस »सिटिजन्स क्यापिटलको साधारणसभा सम्पन्न, १५.५०% नगद लाभांश पारित
काठमाडौं । सिटिजन्स क्यापिटलको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ। यसैगरी, सभाले आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गरेको छ। यसैगरी, सोही सभाले आव २०८१।८२ का लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, …
पुरा पढ्नुहॊस »नेपाल एसबिआई बैंक र बुद्ध एयर बीच छूट दिने सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रालि बीच छूट दिने सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले एयर टिकट खरिदमा ८ प्रतिशतसम्म छूट सुविधा पाउने छन् । उक्त सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बुद्ध एयर प्रालिका मार्केटिङ सेल्स रुपेश जोशीले हस्ताक्षर …
पुरा पढ्नुहॊस »