बैंकिङ्ग

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजका दिनबाबाट ७ दिन भित्र एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंमा आवेदन दिनु पर्नेछ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र बाइकर्स क्याफेबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौं स्थित बाइकर्स क्याफेबीच सम्झौता भएको छ । बैंक र क्याफेबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बाइकर्स क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको आधार दर ७.४८ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार महालक्ष्मी विकास बैंकको आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ असार मसान्त सम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९.३९ प्रतिशत र ७.०३ प्रतिशत रहेको थियो । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकद्वारा रुकुममा २०२औँ शाखा उद्घाटन

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गरेको छ । बैंकले माघ १४ गते आठबीसकोट, रुकुममा आफ्नो २०२औँ शाखा उद्घाटन गरेको हो । उद्घाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भयो । नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता …

पुरा पढ्नुहॊस »

घर कर्जामा सिटिजन्स बैंकको नयाँ योजना, ऋण लिँदा पाइन्छन् यस्ता सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकलाई लक्षित गर्दै सस्तो ब्याजदरमा नयाँ घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ७ वर्षसम्म स्थिर ७.९९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको हो । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ सुरु गरिएको यो योजना अन्तर्गत, ७ वर्षसम्म ब्याजदर स्थिर रहनेछ । ७ वर्षपछिको लागि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १ प्रतिशत प्रिमियम थपेर …

पुरा पढ्नुहॊस »

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडका सबै कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् । ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका सबै कर्मचारीहरूले सो प्रतिज्ञा गरेका हुन् । नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसको रुपमा मनाउन घोषणा गरे अनुरूप बैंकले सो दिवस मनाएको …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक: वित्तीय परिसूचकमा उत्कृष्टता र डिजिटल रूपान्तरणमा अग्रणी

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा वित्तीय र प्रविधिगत क्षेत्रमा शानदार प्रगति गर्दै आफ्नो स्थान मजबुत पारेको छ। बैंकले आधार दर ७.४८ प्रतिशत र कोषको लागत ५.२९ प्रतिशत कायम राख्न सफल भएको छ, जुन प्रतिस्पर्धी बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा उल्लेखनीय रूपमा कम हो। यसले ग्राहकहरूलाई कम ब्याजदरमा ऋण उपलब्ध गराउन मार्ग प्रशस्त गरेको छ। बैंकको न्यूनत्तम पुँजी कोष अनुपात १४.९९ प्रतिशत रहेको छ, जुन …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख १३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले यो शेयर हाल बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न सक्नेछन् । तर संस्थापकलाई शेयर किन्न तोकिएको ३५ दिनभित्र आवेदन प्राप्त नभएमा वा पूरै शेयर बिक्री नभएको खण्डमा भने सर्वसाधारणले किन्न पाउने गरी पुनः …

पुरा पढ्नुहॊस »

ज्योति बैंकका ग्राहकलाई सिग्मा ल्याबमा छुट

काठमाडौं । ज्योति विकास बैंकले भक्तपुर राधेराधेस्थित सिग्मा डाइग्नोस्टिक ल्याबरोटरीमा बैंकका ग्राहकलाई विशेष छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतासँगै ज्योति विकास बैंकका ग्राहकले उक्त डाइग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ज्योति विकास बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्दै आएको छ । हालै बैंकले धुलिखेलस्थित रिसोर्टहरू दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत र हिमालयन दृश्य …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा प्रदर्शनी मार्गमा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा आइतबारदेखि स्थानान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गर्दै उक्त, शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पुरा पढ्नुहॊस »