बैंकिङ्ग

सिटिजन्स बैंकका थप तीन शाखा एकसाथ सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुदूरपश्चिम प्रदेशको अमरगढी डडेल्धुरा र महाकाली दार्चुलामा तथा कर्णाली प्रदेशको दुल्लु दैलेखमा ‎एकसाथ शाखा सञ्चालनमा ल्याएको हो । बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्थानीय स्तरमा खोलिएका यी शाखाहरूबाट अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा उपलब्ध …

पुरा पढ्नुहॊस »

उच्च शिक्षाका लागि जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने

ग्लोबल आईएमई बैंक, आईएमई र जाल्सानबीच त्रिपक्षीय समझदारी काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार, जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले दियो अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता

काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता दिएको छ । बैंकले फोन पेसँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरूलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको हो । यस अन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, पेटीएम, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरुमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न …

पुरा पढ्नुहॊस »

नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई दुईवटा उद्धार वाहन सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन उपलब्ध गराएको छ । मंगलबार एक विशेष कार्यक्रमबीच काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रममा दुईवटा वाहन हस्तान्तरण गरिएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गराएका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न …

पुरा पढ्नुहॊस »

भाखा नागेका ऋणीलाई एनआईसी एशियाले साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने

काठमाडौँ । एनआईसी एसिया बैंकले भाखा नागेका ऋणीहरुलाई साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु-याउने हेतुले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । जसअनुसार बैंकले २०८० चैत्र मसान्तसम्ममा एक वर्ष भन्दा बढी भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा रकम यही आषाढ महिना भित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंक र नास-आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल र नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख बजार अधिकृत दिलीप पोखरेल र नास–आईटीका कोषाध्यक्ष अभय पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ को बजेटमा आउँदो वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षका रूपमा मनाउने गरी सरकारले प्राथमिकतामा राखेको छ …

पुरा पढ्नुहॊस »

ज्योति विकासको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ। बैंकले २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्ष भन्दा बढीको अनुभव बोकेका नव-नियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र टी३ थकालीबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक र टी३ थकाली एन्ड मल्टी फुड ग्यालरीबीच छुटसम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी र ग्राहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको टी३ ले आफ्ना सेवामा छुट दिने सम्झौता गरिएको हो । उक्त सम्झौतापत्रमा प्रभु बैंकका वाग्मती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईं र टी३ थकाली ग्रुपका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकले गर्‍यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखामध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको स्थान बाट ४०० मिटर) मार्फत सेवा लिन सकिने बै‌कले जनाएको छ। स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले हेयर एन्ड शान्ति ब्युटीपार्लरका सबै शाखामा बैंक कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटलमा जान पनि प्रेरित गर्ने विश्वास बैंकले लिएको छ …

पुरा पढ्नुहॊस »