बैंकिङ्ग

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र भर्ने भदौ १ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले साउन १८ गतेबाट २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसबाट सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् …

पुरा पढ्नुहॊस »

नेपालमा पहिलो पटक नबिल फोनलोन ‘क्यू आर मर्चेन्ट’ शुभारम्भ

काठमाडौँ । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको छ । नबिल फोनलोन क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात्सँगै क्यू आर मर्चेन्टले घरमा बसीबसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् । नबिल बैंकले युएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई लक्षित गरी यो सुविधा ल्याएको हो । यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीले …

पुरा पढ्नुहॊस »

आयात-निर्यातको सटही सुविधामा कडाइ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै आयात तथा निर्यातका माध्यमबाट हुने ‘मनी लण्डरिङ’को कार्यलाई निरुत्साह तथा नियन्त्रणमा सघाउ पुग्ने गरी इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि बनाउनुपर्नेछ । त्यसका लागि आन्तरिक संरचना बनाई वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्यमा उल्लेखित …

पुरा पढ्नुहॊस »

रेमिट्यान्स भित्र्याउने सीमा बढ्यो, अब १५ लाखसम्म पाइने

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली, विदेशी तथा नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था तथा शाखा कार्यालयले १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाउने व्यवस्था गरेको छ । एकीकृत परिपत्र–२०७८ लाई परिमार्जन गर्दै राष्ट्र बैंकले यस्ता कार्यालय वा व्यक्तिले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत प्रयोजनका लागि फिर्ता नहुने गरी रेमिट्यान्स भित्र्याउन सक्ने व्यवस्था गरेको हो । विदेशी नागरिक, फर्म, कम्पनी वा संस्थाबाट प्राप्त हुने रकम रेमिट्यान्स कम्पनीमार्फत ल्याउन मिल्ने व्यवस्था गरिएको राष्ट्र …

पुरा पढ्नुहॊस »

साउनको २८ दिनमै बैंकहरूबाट बाहिरियो एक खर्ब २० अर्ब निक्षेप

काठमाडौँ । साउन महिना लागेयता वाणिज्य बैंकहरुबाट ठूलो मात्रामा निक्षेप रकम बाहिरिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार साउनको २८ दिनमा मात्रै कुल एक खर्ब २० अर्ब रुपैयाँ बाहिरिएको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउनको २७ गतेसम्म आउँदा ४४ खर्ब २१ अर्बमा झरेको छ । ठूलो मात्रामा निक्षेप रकम बाहिरिरहँदा बैंकिङ प्रणालीमा तरलताको चरम संकट सिर्जना भएको छ …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई ३० लाख रुपैयाँ भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकहरूको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्तर्गत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्नुहुनेमा यस बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एम्बास्टर बचत खाता खोलेका स्व। शिव प्रसाद सुवेदीको पत्नी लक्ष्मी ढकाल, ग्वार्को शाखामा …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा छुट

काठमाडौं । बैंक अफ काठमाण्डू र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात् ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशतको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल …

पुरा पढ्नुहॊस »

ललितपुरको टौखेलमा एभरेष्ट बैंकको ११८ औं शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले शनिबार उक्त स्थानमा आफ्नो ११८ औं शाखाको उद्घाटन गरेको हो । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने बताएका थिए । बैंकमा हालसम्म करिब १२ लाख आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस …

पुरा पढ्नुहॊस »

नबिल बैंकद्वारा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले ‘डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवर्द्धनमा केन्द्रित रहेको थियो । बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरू, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुबिधाहरूको बारेमा विशेष प्रस्तुति दिएको थियो । नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरूको उद्यमशीलता विकास …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई हिमाल डेन्टल र भिभान्ता डेन्टलमा विशेष छुट

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन देशभरका विभिन्न ठाँउहरुमा शाखाहरु रहेको हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरी स्थित भिभान्ता डेन्टलसँग विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुरा पढ्नुहॊस »