हिमालयन बैंकद्वारा दश लाख रुपैयाँ दुर्घटना मृत्यृ बीमा दाबी भुक्तानी

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ।

बैंकका खातावाला मृतक ईश्वर गुरागाईंको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा उनकी पत्नी बिमला गुरागाईंलाई सो रकम हस्तान्तरण गरिएको हो। बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सूर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरुले रकम हस्तान्तरण गरेका थिए।

बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरुको दुर्घटना मृत्यृ बीमा खरिद गरेको हो। यस दुखद घडीमा सो रकमले मृतकको परिवारमा केही सहयोग हुन्छ भन्नेमा बैंक आशावादी छ।

हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी बचत खाता योजनामा दश लाख रुपैयाँसम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनाहरुमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको जनाएको छ।

हाल बैंकले देशभरी रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटीएमहरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका क्युआर मर्चेन्टस्हरूलाई बिना धितो २ लाख सम्मको ‘फोनलोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहलाई बिना झन्झट कुमारी …

प्रतिकृया दिनुहॊस