बैंकिङ्ग

एनएमबि बैंकले ल्यायो उच्चतम ब्याज दर दिने योजना

काठमाडाैँ । एनएमबी बैंकले बढी ब्याज प्रदान गर्नेगरी मान्यजन बचत खाता सञ्चालनमा ल्याएको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई मध्यनजर गरी ल्याइएको बैंकले जनाएको छ । यो खातामा ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने र ग्राहकलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकका हाल देशभर २०१ शाखाहरु, १३८ एटीएम सञ्चालनमा छन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकमा भिडियो कलबाट केवाईसी अद्यावधिक गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकमा भिडियो कलबाटत केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी ई–केवाईसी छनोट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एससएमएस वा इमेल वा दुबै विकल्प छनोट गरी पेस गर्नुपर्नेछ । त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकूल समयमा भिडियो कलमार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्ने छन् । बैंकिङ समयमा भिडियो कलका …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकासका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टमा छुट

काठमाडाैं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सामाखुसीको ‘द हिमालयन ग्रिल बाई बाजेको’ रेस्टुरेन्टमा छुट पाउने भएका छन्। आफ्नो भिषा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन बैंकले उक्त रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। यस सम्झौतापछि बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त रेस्टुरेन्टमा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ। साथै, बैंकले डिजिटल …

पुरा पढ्नुहॊस »

नेपाल बैंकद्वारा किसनलाल दुगड सम्मानित

काठमाडाैं । केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ। बैंकले दुगड आफ्नो सम्मानित, मर्यादित, नियमित सहयात्रीको रुपमा बैंकको स्थापनाकालदेखि नै व्यवसायिक साझेदारको रुपमा रहिरहेको र यो कुरा बैंकले चिरकालसम्म संस्थागत रुपमा स्मरण गर्ने जनाएको छ। मुलुकमा आर्थिक कारोबारलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने, उत्पादनमुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपूर्ती प्रणालीलाई सहजीकरण गर्ने, आर्थिक कृयाकलाप सुचारु गर्दै उध्यमशीलताको …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको पोखरा बिरौटामा १२२औँ शाखा

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले बिरौटा, पोखरामा आफ्नो १२२ औँ शाखा उद्घाटन गरेको छ। उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा योजानविद डा. गणेश गुरुङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका छन्। समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, भारतीय पेन्सन क्याम्पका सह–महासेनानी शशांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंक र युएसएडबीच सम्झौता, महामारीपछि प्रतिस्पर्धात्मक व्यापारको विकासमा सघाउ पुग्ने

काठमाडाैं । लक्ष्मी बैंकले अमेरिकी सहयोगी नियोग (युएसएड) सँग समन्वय गर्ने भएको छ। लक्ष्मी बैंकले युएसएडसँग मिलेर घरेलु, साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै वित्तीय प्रडक्ट र सेवा पहुँचलाई दिगो रुपमा वृद्धि गर्न सम्झौता गरेको जनाएको छ। मुख्यगरी पर्यटन, कृषि र डिजिटल सेवाको वित्तीय विकास र पहुँच वृद्धिमा काम गरिने बैंकले जनाएको छ। बैंक र युएसएडबीच चार वर्षको सहकार्यलाई सम्झौता भएको हो। मंगलबार भएको उक्त सम्झौतामा लक्ष्मी बैंकका सीइओ अजय …

पुरा पढ्नुहॊस »

महँगी बढ्यो, तराईमा सबैभन्दा बढी

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार असोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको हो । राष्ट्र बैंकको विवरणअनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ । काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा नौ ४२ प्रतिशत, पहाडमा आठ दशमलव ८४ प्रतिशत र हिमालमा …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलका हितग्राहीले क्रिस्टल डाइग्नोस्टिकमा छुट पाउने

काठमाडौँ । प्रभु क्यापिटल तथा सिनामंगलमा अवस्थित क्रिस्टल डाइग्नोस्टिक बीच छुटसम्बन्धी सम्झौता भएको छ । मंगलबार दुबै पक्षबीच भएको सम्झौताअनुसार क्यापिटलका सबै हितग्राहीले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छुट पाउनेछन् । यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ । सो सम्झौतामा क्यापिटलले गर्ने स्वास्थ्य शिविर, रक्तदान शिविर जस्ता सामाजिक उत्तरदायित्वका गतिविधिमा …

पुरा पढ्नुहॊस »

लगातार बढ्दै सुनको मूल्य, कति छ आज ?

काठमाडाैँ । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार प्रतितोला ९८ हजार २ रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपियाँले बढेर ९८ हजार ४ रुपियाँमा कारोबार भैरहेको छ। आज तेजाबी सुनको मूल्य ९७ हजार ९ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ३० रुपियाँले घटेर १२ सय ९५ रुपियाँमा कारोबार …

पुरा पढ्नुहॊस »

नेपाल बैंकमा रक्तदान कार्यक्रम, १०५ युनिट रगत संकलन

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाण्डौमा खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रमको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेकी थिइन्। कार्यक्रमको समापन बैैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले गरेका थिए। उक्त रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण गरी १०५ जनाले रक्तदान गरेका थिए। नेपाल बैंक लिमिटेड यही २०७९ कात्तिक ३० गते ८६औं …

पुरा पढ्नुहॊस »