बैंकिङ्ग

मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको ३ सय ३२औँ सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनलाई साउन १६ गतेबाट लागू हुने गरी ४ वर्षका लागि बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको सञ्चालक बने डा. पवन कुमार शर्मा

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समितिले डा.पवन कुमार शर्मालाई सञ्चालकमा नियुक्त गरेको छ । समितिको ३७९ औँ बैठकबाट मंगलबारबाटै लागू हुने गरी सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।    

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बनेपा शाखा २ लाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा साबिक स्थानबाट करिब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका ७, काभ्रेबाट आइतबारदेखि पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरुलाई स्थानान्तरण गरिरहेको छ । बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप …

पुरा पढ्नुहॊस »

प्रभु बैँक र र्‍याडिसन होटल, काठमाण्डौं बीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाडौँ स्थित र्‍याडिसन होटल, काठमाण्डौं सँग होटलका विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ । र्‍याडिसन होटल, काठमाण्डौं एक अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गत विगत दुई दशक भन्दा बढी समय देखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको एक अग्रणी पाँच तारे होटल हो । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंकका ग्राहकलाई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई किक फन वर्ल्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मूल्यको १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने सम्झौता गरेको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वर्ल्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार बैंकको ग्राहकहरूले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा …

पुरा पढ्नुहॊस »

एकै दिनमा बागलुङमा प्रभु बैंकको ४ वटा शाखा बिस्तार

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन ४ गते देखि बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बागलुङमा ४ वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरूको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष माननीय देवी प्रकाश भट्टचनले गरेका हुन् । प्रभु बैंक लि. ले …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेलले पाएका छन्। पौडेललाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ। पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। उनी हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका छन्।

पुरा पढ्नुहॊस »

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐनबमोजिम आन्तरिक राजस्व विभागले जारी गरेको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले बैंकले प्यान नं. अद्यावधिक गर्न ग्राहकलाई आग्रह गरेको हो। ग्राहकले बैंकको पोर्टल प्यान अपडेट एनआईसी एसियाबैंक डटकम वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने …

पुरा पढ्नुहॊस »

सिबिफिनले गर्‍यो मौद्रिक नीतिको प्रशंसा, सरकार र राष्ट्र बैंकलाई यस्ता सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्षरुपमा आएको बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले जनाएको छ। मौद्रिक नीतिले आर्थिक एवं वित्तीय क्षेत्रको स्थायित्व र दिगो विकासका लागि मौद्रिक नीतिबाट हुन सक्ने र गर्न सकिने नीति अवलम्बन गरिनुका साथै अपेक्षाकृतरुपमा सहजीकरणको प्रयास गरिनुले आमरुपमा आशा, भरोसा र विश्वास जगाएको सिबिफिनले जनाएको हो। ‘बैंक तथा वित्तीय संस्थाको पूँजीकोषमा भएको …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकका कार्डवाहकले र्‍याडिसन होटलमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्‍याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ। उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्‍याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। बैंकका ग्राहकहरुले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका …

पुरा पढ्नुहॊस »