सिटिजन्स बैंकद्वारा १० वर्ष र १५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मान

काठमाडौं । १९ वर्षअघि २०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंकले बैंकमा अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । चैत्र १ गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले उन्नाइसौँ वर्ष पुरा गरी बीसऔ वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४८ जना र १५ वर्ष सेवा प्रवाह गरेका १४ जना गरि जम्मा ६२ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ पदक प्रदान गरेका हुन् ।

बैंकमा हाल १७ सय ६४ कर्मचारीहरु कार्यरत रहेका छन् । समारोहमा प्रमुख कार्यकारी अधिकृत पोखरेलले कर्मचारीहरूलाई आफ्नो तर्फबाट सत प्रतिशत योगदानगरी बैंकलाई नयाँ उचाईमा पुर्याउन आग्रह गर्दै कर्मचारीलाई जिम्मेवार,लगनशिल र प्रतिबद्ध भई आफ्नो काम तथा कर्तव्य पूरा गर्न आग्रह गरे । हालसम्म ३५६ जना कर्मचारीहरुले १० वर्ष कर्मचारी सम्मान पदक २९० जनाले र १५ वर्ष कर्मचारी सम्मान पदक ६६ जनाले प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री