बैंकिङ्ग

प्रभु बैंकको ३०८औँ र ३०९औँ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आइतबारदेखि दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले तेह्रथुमको म्याङलुङ नगरपालिका १ र धनकुटाको धनकुटा नगरपालिका ७ मा क्रमशः ३०८औँ र ३०९औँ शाखा खोली सञ्चालनमा ल्याएको छ। प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बैंकले जनाएको छ। बैंकको म्याङलुङ शाखा र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक …

पुरा पढ्नुहॊस »

नबिल बैंकद्वारा देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना

काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना गरेको छ । स्थापनाको ४० औं वार्षिकोत्सवको अवसरमा कम्पनीले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै गत शनिवार देशव्यापी वाकाथन आयोजना गरेको हो । कम्पनीले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथानमार्फत ऐक्यबद्धता रहेको बताएको छ । वाकाथनको शुभारम्भका क्रममा कम्पनीका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनमा आइपुगेको र आगामी …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवालीसँग लामो समयदेखि दर्जनौँ सामाजिक संघसंस्थामा रहेर काम गरेका अनुभव छ । ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आइएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको हो । बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बुद्ध एयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा द्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा ‘ज्योतिज गट ट्यालेन्ट’ को प्रथम संस्करण आयोजना

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिज गट ट्यालेन्ट’को पहिलो संस्करण आयोजना गरेको छ । रचनात्मकता र सृजनात्मकताको अनन्त सम्भावनाहरूलाई उजागर गर्ने तथा बहुप्रतीभाका प्रतिमूर्तिहरुलाई सम्मान गर्ने उद्देश्यले बैंकका देशभरका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरुको सहभागितामा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । “Jyoti’s Got Talent 2024” मा कर्मचारीहरुको लागि “नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला र कविता” गरि पाँच विधा राखिएको थियो भने …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले सहकारी बचतकर्ता सदस्यको रकम फिर्ता गर्न सहजीकरण गर्ने

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बचतकर्ता सदस्यको रकम फिर्ता गर्न सहजीकरण गर्ने भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार यस्तो बताएका हुन् । सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेटमा बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था गर्ने निर्णय …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र शशिला मोटर्स बीच सम्झौता,३ कार्यदिन भित्र विद्युतीय सवारी कर्जा पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र शशिला मोटर्स बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाहका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा कम्पनीका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार कम्पनीले शशिला मोटर्स तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजात …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ प्रस्तुत गर्दै (भिडियोसहित)

काठमाडौं । लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्रान्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ। २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ। खुत्रुकेदेखि समुन्नतिसम्मको यात्रा फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ। उनले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनाहरुमा लगानी भई कुनै दुर्गम …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौँ । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले बैंकमै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका रेग्मीलाई भदौ १ देखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो । रेग्मीले २००८ मा ग्लोबल आईएमई बैंकसँग जोडिएका थिए । उनी बैंकमा चिफ क्रेडिट अफिसर, चिफ अपरेटिङ अफिसर र चिफ बिजनेस अफिसरको भूमिका निर्वाह गरिसकेका छन् । उनले युनिभर्सिटी अफ वेल्स, …

पुरा पढ्नुहॊस »

प्रभु बैँक र टिस्टुङ्ग रिसोर्टबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकहरूलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैँकका तर्फबाट बागमती प्रदेश प्रमुख दीपेन्द्र बाबु विष्ट र मार्केटिङ्ग म्यानेजर सविन शम्शेर राणाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारीहरू तथा ग्राहकहरूले बैकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त …

पुरा पढ्नुहॊस »