बैंकिङ्ग

नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल बीच छूट सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रालि बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कूमार पंडा र वन्डर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकासका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा शोक सभा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालयमा शोक सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै बैंक स्थापना तथा बृद्धिको लागि भएको योगदानको चर्चा भएको थियो। विभिन्न व्यवधानहरु र चुनौतीहरुको सामना गर्दै स्याङ्गजा जिल्लामा स्थानीय व्यक्तिहरुलाई समेटेर बैंक सञ्चालनमा ल्याउनु, जनविश्वास आर्जन गर्नु र फरक …

पुरा पढ्नुहॊस »

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच काठमाडौँ मोडेल अस्पतालका प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाडौँ मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र निको बाल अस्पतालबिच सम्झौता, ग्राहकहरूलाई विशेष छुट

काठमाडौँ । कुमारी बैङ्क लिमिटेड र भरतपुर, चितवनस्थित निको बाल अस्पतालबिच छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । कुमारी बैङ्कका ग्राहकहरूलाई निको बाल अस्पतालबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी भएको हो । सो सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका ग्राहकहरूले सो निको बाल अस्पतालबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैङ्कको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । उक्त सुविधाबाट सेवाग्राहीहरूले …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘वेस्ट बैंक अवार्ड’

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको वेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो । ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा परी मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाख रकम भुक्तानी गरेको छ । बैंकको आदर्शनगर वीरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाइक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार यही वैशाख ३० गते उक्त बीमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो । बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र फिट लाईफ क्लब बीच छुट सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट लाईफ क्लब बीच कुमारी बैंक का ग्राहकहरुलाई क्लबबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो फिट लाईफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआर द्वारा क्लबमा १५% छुट प्राप्त गर्न सक्नेछ । विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा १५ वर्षभन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकको उद्देश्य र ध्येय प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरुको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा १५ वर्षसम्म अनवरत रुपमा सहयात्रा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कपिल ढकालले कर्मचारीहरुलाई सम्मानित गर्नुका साथै कर्मचारीहरुको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गरेका छन्। सम्मानित भएका कर्मचारीमा विकास रानाभाट, …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले खारेज गर्‍यो इ-नेट पेमेन्ट प्रालिको लाइसेन्स

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले इ-नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ । साथै केन्द्रीय बैंकले उक्त कम्पनीको अनुमतिपत्र समेत खारेज गरेको छ । भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी विसं २०७६ चैत २१ गते अनुमतिपत्र पाएको उक्त कम्पनीले केन्द्रीय बैंकको निर्देशनको परिपालना नगरेपछि अनुमतिपत्र खारेज भएको हो । कम्पनीले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धादिङ्गस्थित बद्री विशाल मावि र स्वर्णिम एकाडेमीमा १८२ विधार्थीहरुलाई चाहिने स्टेशनरी सामानहरु हस्तान्तरण गरेको छ । बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोहि क्रममा बैंकले कपि, कलम, पेन्सिल, पेन, आदि हस्तान्तरण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीको उपस्थिति रहेको थियो । सहयोगबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुमा शिक्षा प्रति …

पुरा पढ्नुहॊस »