काठमाडाैं । मुक्तिनाथ विकास बैंकले “अवसरको झोला” अभियान सञ्चालन गरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गरेको छ। शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोशाकहरु तथा मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदर गरिएको छ।
यसै अभियान सँगै बैंकले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता पहलहरूलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ। हाल सम्म बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायतका जिल्लाहरु गरि करिब ५०० भन्दा बढी विद्यालय झोलाहरु प्रदान गरिसकेको छ । हरेक बालबालिकामा सपना हुन्छ। तर ती सपना पूरा गर्न सबैसँग समान अवसर भने हुँदैन। यही यथार्थलाई आत्मसात गर्दै मुक्तिनाथ विकास बैंकले “अवसरको झोला” अभियान सञ्चालन गरेकाे हाे ।



