बर्दिबासका नगरप्रमुखले गरे आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय

बर्दिबास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रह्लाद क्षेत्रीले कार्यभार ग्रहण गर्दै गर्भवती महिला र नगरभित्रका विपन्न नागरिकहरूको लागि विशेष स्वास्थ्य उपचारको प्याकेज घोषणा गरेका छन् ।

गर्भवती महिलाहरूलाई नि:शुल्क उपचार गर्नेदेखि विपन्न नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य बीमा गरिने नगरप्रमुख क्षेत्रीले आज पदभार ग्रहण गर्दै घोषणा गरेका हुन् ।

हिमाल, पहाड र तराईका गर्भवती महिलाहरूलाई स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन सरकारले प्रदान गर्दै आएको यातायात खर्च बापतको क्रमशः १ हजार, २ हजार र ३ हजारमा यदि बर्दिबासका नागरिक भए १ हजारसमेत थप्ने निर्णय गरिएको नगरप्रमुख प्रह्लाद क्षेत्रीले जानकारी दिए ।

नवनिर्वाचित नगरप्रमुख क्षेत्रीले नगरबाट पाउने सबै प्रकारका सुविधा नलिने पनि घोषणा गरेका छन् । नगरबाट उपलब्ध भएको गाडिलाई एम्बुलेन्स बनाउने बताउँदै नगरप्रमुख क्षेत्रीले सधैँभरी नगरको समस्याबाट नजिक रहने पनि बताए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस