लुम्बिनी विकास बैंकका तीन वटा शाखाको एकैदिन उद्घाटन

लुम्बिनी विकास बैंकले एकैदिन तीन शाखा कार्यलयको उद्घाटन गरेको छ। बैंकले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २, कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. १ र गौरीगङ्गा नगरपालिका वडा नं. ७ मा शाखा विस्तार गरेको हो। योसँगै बैंकको शाखा संख्या ८६ पुगेको छ।

बैंकको कृष्णपुर शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र कृष्णपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख हेमराज ओझाले संयुक्तरुपमा गरेका हुन्।

लम्की शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल, लम्कीचुहा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुशीला शाही र उद्योग वाणिज्य संघ लम्कीचुहाका निवर्तमान अध्यक्ष पदमराज चौलागाईंले संयुक्तरुपमा गरे।

त्यस्तै मसुरिया शाखाको उद्घाटन विकास बैंकका सञ्चालक केशव खतिवडा र गौरीगङ्गा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देवीदत्त कँडेलले संयुक्तरुपमा गरे। यस बैंकको देशका ७ वटै प्रदेशमा शाखा सञ्चालनमा रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस