प्रदिप नेपाल

काेराेना अपडेटः २३८ सङ्क्रमित थपिए, ३९२ जना निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ७९७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ३९२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५८७ जना रहेको छ। आज ३९२ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …

पुरा पढ्नुहॊस »

चितवन अब यातायात सेवाको हब बन्छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन्। यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यक्रम आज चितवनमा शुभारम्भ गर्दै उनले जिल्लावासीले अब सहजै सेवा पाउने बताए। यातायात कार्यालयका लागि जग्गा र पूर्वाधार निर्माणका लागि पहल गरिने उनको भनाइ थियो। चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले धेरै प्रयासपछि यो सेवा शुभारम्भ …

पुरा पढ्नुहॊस »

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ। पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो। श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो। सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका पुगेका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ। उनलाई हाल क्वारेन्टिनमा राखिएको छ। उनको उपचार भइरहेको बताइएको छ। तर पनि उनको अवस्था भने त्यति गम्भीर छैन। अमेरिकाको न्युयोर्क सहरका पनि …

पुरा पढ्नुहॊस »

राप्रपा महाधिवेशन: १९९ सदस्यीय कार्यसमितिका लागि २६६ काे उम्मेद्वारी दर्ता, आज निर्वाचन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। मङ्सिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिए। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेद्वारी दर्ता भएको छ। उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ। चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ …

पुरा पढ्नुहॊस »

काठमाडौँको सोह्रखुट्टेमा लागेको आगो तीन घन्टापछि नियन्त्रणमा

काठमाडौँको सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा आएको छ। काठमाडौँ महानगरपालिका–१७ खुशीबुस्थित नर्सरी चोक नजिक रहेको आशिष गलैँचा स्टोरमा शुक्रबार दिउँसो २ बजे लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिउँसो २ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहायताले झण्डै तीन घण्टापछि नियन्त्रणमा लिएको जानकारी दिए। कालिकोट घर भई नयाँबजार बस्दै आएका ४९ वर्षीय जनम हमालले सञ्चालन …

पुरा पढ्नुहॊस »

पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङ्कन गरिने बताएका छन्। नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई आफ्नो पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीमा आउने सबैको उचित मूल्याङ्कन गरिने बताएका हुन्। उनले अहिले देशव्यापीरूपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर बढेको बताउँदै अबको निर्वाचनमा ठूलो दलका रूपमा आफ्नो पार्टी स्थापित हुने जिकिर गरे। …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकद्वारा जानकी मन्दिर व्यवस्थापनका लागि सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसर सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ। यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवर्द्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। यस अवसरमा बैंकले जानकी मन्दिरमा QR कोड र POS मेसिन हस्तान्तरण तथा जडान गरेको छ जसले स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूबाट डिजिटल माध्यमबाट चन्दा प्राप्त …

पुरा पढ्नुहॊस »

द्वन्द्वपीडित अपाङ्ग समाज नेपाललाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत साँखु, काठमाडौं स्थित द्वन्द्वपीडित अपाङ्ग समाज-नेपाललाई संस्थामा आश्रित अपाङ्गता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक औषधिहरु हस्तान्तरण गरेको छ। अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा संस्थामा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंककी साँखु शाखाकी प्रबन्धक रीमा प्रधानद्वारा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको उपस्थितिमा द्वन्द्वपीडित अपाङ्ग समाज-नेपालका अध्यक्ष युवराज थापालाई रु. ५० हजार बराबरको औषधि …

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः २४६ जना सङ्क्रमित थपिए, ३४७ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ७ हजार ८३६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार १७२ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५६९ जना रहेको छ। आज ३४७ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …

पुरा पढ्नुहॊस »

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु

जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिपूर्वक शुभारम्भ भएको छ। सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको छ। नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालकलाई जानकी मन्दिरको प्राङ्गणबाट मिथिलानगर घुमाइने मन्दिरका सह–महन्त रामरोशनदास वैष्णवले जानकारी दिए। नगर दर्शन हेर्न जानकी मन्दिरमा आजका दिन श्रद्धालु भक्तजनको भीडले राम र लक्ष्मणलाई फूल बर्षाएर स्वागत गर्दछन्। शुक्रबारदेखि सुरु भएको महोत्सव मङ्सिर २३ गतेसम्म चल्नेछ। शनिबार फूलबारी लीला, …

पुरा पढ्नुहॊस »