प्रदिप नेपाल

आगामी निर्वाचनमा कांग्रेसलाई जिताउने दायित्व सबैको काँधमा छः देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनु पर्ने दायित्व सबैको काँधमा रहेको बताएका छन् । प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गरे। उनले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको बताए । पार्टीकाे आन्तरिक चुनावमा हुने जितहार एउटा …

पुरा पढ्नुहॊस »

नकुल थापा र विष्णु थापाकाे ‘ढल्की जाला त्यो लाली जोवान’ बजारमा (भिडियाेसहित)

गायकद्वय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी भाका सार्वजनिक गरेका छन्। गायकद्वयले मिठो भाकाका साथ बुधबार ढल्की जाला त्यो लाली जोवान बोलको लोकदोहोरी सार्वजनिक गरेका हुन्। गायकद्वय नकुल र विष्णुको स्वर तथा शब्द रचना रहेको लोकदोहोरी ढल्की जाला त्यो लाली जोवन म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गायक नकुलकै लय रहेको दोहाेरी गायनमा गायकद्वयलाई गायिकाहरु प्रतिमा अर्याल र रीता पौडेलले साथ दिएका छन्। नकुल र विष्णुको गृह जिल्ला सिन्धुपाल्चोकस्थित सुनकोशी …

पुरा पढ्नुहॊस »

माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गर्ने

नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ। शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन्। उनका अनुसार पाँच सदस्यीय सो कार्यदलमा जनार्दन शर्मा, मात्रिका यादव, पम्फा भुसाल र लिलामणी पोखरेल सदस्य छन्। २५ मंसिरसम्ममा विधान मस्यौदा प्रस्ताव गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ। बैठकले १०–१३ पुसमा हुने राष्ट्रिय भेला व्यवस्थापनका लागि हितमान शाक्यको …

पुरा पढ्नुहॊस »

नेपालमा तीन वटा माैसमी प्रणालीकाे प्रभाव, यस्ताे छ तीन दिनकाे माैसम

नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ। जसकारण शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मतीमा सामान्यदेखि पूर्ण बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। आगामी तीन दिनको मौसम पूर्वानुमान शुक्रबार दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशको उच्च पहाडी र …

पुरा पढ्नुहॊस »

आजदेखि आफू अहिले बसिरहेकै स्थानीय तहमा मतदाता नामावली दर्ता गर्न सकिने

आजदेखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने भएको छ। निर्वाचन आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा १७ गतेदेखि जिल्लाको तालिका अनुसार मतदाता नामावली दर्ता गर्न सकिने छ। १८ वर्ष उमेर पुरा भएका नागरिकले नागरिकताको सक्कल प्रमाणपत्र लिई मतदाता नामावली दर्ता गराउने सक्नेछन् ।

पुरा पढ्नुहॊस »

नाडा अध्यक्ष उम्मेद्वार ध्रुव थापाद्वारा प्यानलसहित उम्मेद्वारी घोषणा

‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ नेपालका विभिन्न स्थानमा रहेका अटो व्यवसायीहरुसँग ध्रुव थापाको प्यानलले आफ्नो छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्दै आज काठमाडौंमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। कार्यक्रममा अध्यक्ष पदका उमेद्वार ध्रुव थापाले आफ्नो टीममा रहेका सदस्यका उम्मेद्वारहरुको परिचय गराएका थिए। नाडाका वर्तमान सदस्य तथा थापा प्यानेलबाट उम्मेद्वारी दिएका कपिल शिवाकोटीले संचालन गरेको कार्यक्रममा नाडाको नयाँ निर्वाचनले सवल, सक्षम, र सम्पूर्ण व्यवसायीको समस्या …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा उपल्लो डोल्पाका विद्यार्थीलाई सहयोग

ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँ स्थित यान्जेर गुम्बा विद्यालयका विद्यार्थीहरुका लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एच डी आई) को “प्रोजेक्ट ज्योति” मार्फत् दुई लाखको आर्थिक सहयोग प्रदान गरेको छ। ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गरेका थिए। एच डी आईले सो रकमबाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विद्युतिय माध्यमद्वारा चार्ज हुने बत्तीहरू …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपाल सरकारको सिफारिसमा बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्ति जारी गर्दै मंसिर २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिए।

पुरा पढ्नुहॊस »

काेराेना अपडेटः ३१५ जना सङ्क्रमित थपिए, २०१ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ४०३ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २१ हजार ९४९ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५४६ जना रहेको छ। आज २०१ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ४९ दशमलव ४ अंकले घट्याे

बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ। आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल तीन अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको …

पुरा पढ्नुहॊस »