प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन गर्ने नेपाल बारको निर्णय

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

नेपाल बार एसोसिएसनको केन्द्रिय समितिको बैठकले न्यायपालिकाको नेतृत्वमा गम्भीर आरोप लागेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको स्वतन्त्रता निष्पक्षतामा आँच आउने काम गर्नु भएको भन्दै राजीनामाको विकल्प नरहेको बैठकपछि नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लीलामणि पौडेलले जानकारी दिए।

प्रधानन्यायाधीशले राजीनामा नदिए एशोसिएसनले नेपाल राज्यभरका बार इकाईमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि महासचिव पौडेलले बताए।

नेपाल बारले केन्द्रिय समितिको बैठक बस्नु नेपाल बार एशोसिएसनको सल्लाहकार समितिका पदाधिकारीहरुसँग छलफल गरेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री