कांग्रेसको तरुण विभागले आज नेपाली फुटबल टिमलाई सम्मान गर्दै

नेपाली कांग्रेसको तरुण विभागले इतिहास रच्न सफल नेपाली फुटबल टिमलाई आज बुधबार सम्मान गर्दैछ।

माल्दिभ्सको मालेमा हालै सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ ऐतिहासिक सफलता हासिल गरेको नेपालको राष्ट्रिय फुटबल टिमलाई
एक लाख ११ हजार नगद र सम्मान पत्रबाट सम्मान गरिन लागिएको तरुण विभागका संयोजक एवम् पूर्वमन्त्री शंकर भण्डारीले जानकारी दिए। राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा २ बजे गृहमन्त्री बालकृष्ण खाणले फुटबल टिमलाई सम्मान गर्नेछन्।

फाइनलमा नेपाली फुटबल टिम भारतसँग भिडेको थियो। भारतसँग नेपाली टिम पराजित भए पनि इतिहास रच्न सफल भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री