आइसिसी टी-२० विश्वकप: अष्ट्रेलियाद्वारा श्रीलंका ७ विकेटले पराजित

डेविड वार्नरको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टी-२० विश्वकपमा लगातार दोस्रो जीत निकालेको छ। बिहीबार दुबईमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जीत हात पारेको हो।

जीतका लागि १५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा लक्षय पूरा गरेकाे हाे।

अष्ट्रेलियाको जीतमा ओपनर डेविड वार्नरले सर्वाधिक ६५ रनको योगदान दिए। आरोन फिन्चले ३७ रन बनाए। श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले २ र दासुन शनकाले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनायो। श्रीलंकाका लागि चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रन बनाए।

अष्ट्रेलियाका स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर कमिन्स, मिचेल स्टार्कले समान २-२ विकेट लिए।

सुपर-१२ को समूह-१ मा इंग्ल्यान्ड २ खेलमा २ जीतका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ। अष्ट्रेलिया २ खेलमा समान ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ब्राजिलसँग उरुग्वेको रोमाञ्चक बराबरी, अर्जेन्टिना विजयी

काठमाडौं । फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल उरुग्वेसँग बराबरीमा रोकिएको छ …

प्रतिकृया दिनुहॊस