नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग साेमबार सङ्क्षिप्त कुराकानीका क्रममा उनले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताए। अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलग–अलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताउँदै आफूले गठबन्धन गर्दा राम्रो अरुले गर्दा नराम्रो मानसिकता खराब हो भनेका छन्। उनले अरु …
पुरा पढ्नुहॊस »वर्माकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेल सजायँ
वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजायँ ताेकिएकाे छ। म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष जेल सजायँ सुनाएकाे हाे। उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन्। उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्लंघन गरेकाे अभियाेग लगाइएकाे छ। यसबाहेक उनीविरुद्ध ११ आराेप लगाइएकाे छ । सुकीले आफूमाथि लगाइएका सबै आराेप अस्वीकार गर्दै आएकी छिन्। फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले …
पुरा पढ्नुहॊस »नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काभ्रे जिल्ला, पनौती नगरपालिका १० नं वडा कार्यालयको आयोजना तथा नेपाल बैंक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा शनिवारका दिन बाल आदर्श मा. वि. खोपासीमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो । पनौती नगरपालिका १० नं.वडा कार्यालयका वडाध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले पानसमा बत्ती बालेर गरेका थिए। बिशिष्ट अतिथिको रुपमा नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहेको …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकका ग्राहकलाई होटल सिटिपार्कमा विशेष छुट
सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले जनकपुरकाे होटल सिटिपार्ककाे सेवामा विशेष छुट पाउने भएका छन्। बैंक र हाेटलबीच शुक्रबार बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झाैता भएकाे हाे। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ। हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ। मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल …
पुरा पढ्नुहॊस »कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा निर्वाचित
नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्वव थापा विजयी भएका छन्। थापाले ८४४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिश्पर्धी गुरूराज घिमिरे २ मतले पराजित भए। घिमिरेले ८४२ मत पाएका छन्। निर्वाचनमा १ हजार ७५२ मत खसेको थियाे। सभापतिमा निर्वाचित थापा नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति हुन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाकाे समर्थन थियाे। प्रदेश उपसभापति पदमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ र टंकप्रसाद राईले …
पुरा पढ्नुहॊस »कांग्रेस वाग्मती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी
नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ हजार ८५ मतका साथ विजयी भएका हुन्। २०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे। १३ मत बदर भएको थियो। शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए। उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान …
पुरा पढ्नुहॊस »सर्वोच्च अदालतका न्यायाधीश पूर्णरुपमा काममा फर्किए
सर्वोच्च अदालतमा झन्डै डेढ महिनापछि न्यायाधिशरु इजलासमा बसी पूर्णरुपमा मुद्दाको सुनुवाइ गरी काममा फर्किएका छन्। सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आज १० इजलास गठन गरिएको थियो । त्यसमा आठ संयुक्त र दुई एकल इजलास गरी ३३६ थान मुद्दा सुनुवाइ लागि तोकिएको थियो । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि १३ मुद्दा तोकिएको थियो । पूर्णरुपमा सुनुवाइ भएर सबैमा आदेश भएको छ। न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको इजलासमा ३८ …
पुरा पढ्नुहॊस »अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवका अवसरमा फोटो प्रदर्शनी
काठमाडौँमा आयोजना हुन गइरहेको १९ औँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को पूर्वसन्ध्यामा काठमाडाैंमा जलवायु परिवर्तन सम्बन्धि तस्विर तथा चित्रकला प्रदर्शनी गरिएको छ। नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको उक्त प्रर्दशनीको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले शुभारम्भ गरे। प्रदर्शनीको शुभारम्भ गर्दै कार्यकारी प्रमुख रेग्मीले किम्फ २०२१ को सन्दर्भमा आयोजना गरिएको प्रदर्शनीले जलवायु परिवर्तनले पारेको असरका बारेमा जनचेतना अभिवृद्धि गर्नुका साथै यो अवसरमा आयोजना हुने फिल्म महोत्सवले पर्यटन प्रर्वद्धनमा …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंकद्वारा प्रिपेड डलर कार्ड सेवाको सुरुवात
ज्योति विकास बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ। बैंकका ग्राहकहरुले प्रिपेड डलर कार्ड अनलाइनबाटै Apply गरी १ दिनभित्र Virtual Dollar Card प्राप्त गर्न सक्नेछन्। बैंकले मंसिर १९ गतेदेखि डिजिटल बैंकिंग सेवालाई थप प्रर्वद्धन गर्दै अनलाईनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि अमेरिकी डलरमा आधारित प्रिपेड डलर कार्ड सेवा सुचारु …
पुरा पढ्नुहॊस »लुम्बिनी विकास बैंकका एकै साथ थप पाँच शाखा कार्यालयहरुको उद्घाटन
लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले आइतबारदेखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ७३ औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ६ नयाँ बानेश्वर चोक स्थित नयाँ बानेश्वर शाखा काठमाडौं, ७४ औँ शाखाको रुपमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ०५ स्थित मणिग्राम शाखा रुपन्देही, ७५ औँ शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४, बर्दघाट …
पुरा पढ्नुहॊस »