भैरबनाथ रिमाल कदमको शब्द र गीता पाण्डेकाे स्वरमा ‘चाहेको बाटो’ सार्वजनिक

गायिका गीता पाण्डेले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चाहेको बाटो’ गीत सार्वजनिक गरेकी छिन्। यसमा भैरबनाथ रिमाल कदमको शब्दमा शुभ बहादुर सुनामको संगीत, देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वरांकन रहेको छ।

वरिष्ठ गीतकार भैरबनाथ रिमाल कदम जीवन जगतका आरोह अवरोह छिचोल्दै, दुःख सुखका पाटालाई स्वीकार्दै, नियती र विपत्तिका आयामलाई भोग्दै एक कर्मठ व्यक्ति आफ्नो कर्ममा जुटिरहन्छ निरन्तर।

स्वरसम्राट नारायण गोपाल, अरुणा लामा, तारादवी, फत्तेमान, दीप श्रेष्ठ, अरुण थापा, मधु क्षेत्री जस्ता गायक गायिकाहरुले उनका शव्दमा आवाज भरेका छन्। गीतकार रिमालका केही कालजयी गीतहरु जुन फूल मैले, हँ यात्री, जिन्दगीको पानभरी, उदास मेरो, तिम्रो सिउँदो सजाईदिने … जस्ता दर्जनौं गीतहरु छन्।

संगीतकार शुभ बहादुर सुनामले ७७५ भन्दा बढी गीतमा संगीत गरिसकेका छन्। त्यसमा चलचित्र, भजन, आधुनिक, टीभी सिरीयल, पप, बाल गीत, राष्ट्रिय गीत लगायत छन्।

उनले अधिकांश संगीत तारादेवी श्रेष्ठ, प्रेम ध्वज प्रधान, मीरा राणा, अनुराधा पौड्याल, कविता कृष्णमुर्ति, कुमार बस्नेत, प्राश्ना शाक्य, लगायत नयाँ गायिकामा गीता पाण्डेको रहेको छ।

रेलीमै रेलीमै रेलीमै, चिसो चिसो हावामा, हुँ यात्री एउटा, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, यो नानी को शिरैमा, ….. जस्ता दर्जनौं गीतहरु छन्।

देवेन्द्र नेवा नेपाली संगीतमा गीत संयोजक ३० वर्ष लगातार नेपाली संगीतमा समर्पण नाम हाे। लगभग ८००० वटा जति गीतमा गीत संयोजक भइसकेका छन्। उनका पनि धेरै नै गीतहरु लोकप्रिय छन्। पछिल्लो समय बजारमा मदनकृष्ण श्रेष्ठले गाएको ‘जीवनको पाना’ श्रोताले मन पराएका छन्। गायिका गीता पाण्डेसँग चाहीँ यो गीत उनको पहिलो र आगामी दिनमा अरु नयाँ गीतहरुमा सहकार्य हुने नै छ।

“यो मेरो सौभाग्य हो, मैले नेपाली आधुनिक सङ्गीतका नक्षत्रहरू भैरबनाथ रिमाल कदम र शुभबहादुर सुनाम निम्ति गाउने मौका पाएँ। मेरा निम्ति संगीतकार शुभबहादुर सुनाम ज्यूले सधैं नौलो प्रवृत्ति र धारको सिर्जना गर्दिनु भयो साथै साधुवाद संगीत संयोजक देवेन्द्र नेवाको सहयोग प्रति । आफूले सकेको राम्रो प्रस्तुत गरेकी छु र अझै धेरै सिक्दै जानेछु “ गायिका गीता पाण्डेले भनिन्।

यो गीत ‘चाहेको बाटो हिँड्न देउ मलाई’ म गायिका गायिका गीता पाण्डे रचनाकार भैरबनाथ ‘कदम’ र उहाँको परिवारप्रति समर्पण गर्न चाहन्छु। कोरोनाको कहरका कारण गीतको भिडियो भने अहिले लिरिकल रुपमा निर्माण गरिने छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री