स्याङ्जामा २९ जना एचआईभी सङ्क्रमित थपिए

स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण दखिएको छ। गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण देखिएको हो।

सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर जिसीले जानकारी दिए। सङ्क्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका छन्। गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ सङ्क्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको जिसीले बताए। एआरटी सेवा लिनेमा पुरुष १२१, महिला ११७ र बालबालिका १० छन्।

“हालसम्म १५ जनाले एचआईभी एड्सबाट ज्यान गुमाएका छन्”, उनले भने। एचआईभी सङ्क्रमित विस्तारै खुल्न थालेको जिसी बताउँछन्। “पहिला थाहा पाउँछन् कि भन्ने डरले अन्यत्रबाट औषधि लिने गरेका थिए, अहिले यहीँ आउन थाल्नुभएको छ”, उनले भने। जिल्लामा असार मसान्तसम्म ९८ महिला, ९४ पुरुष र आठ बालबालिका एचआईभीबाट सङ्क्रमित भएका थिए। एक सय ७४ जनाले औषधि तथा परामर्श सेवा लिएका छन्।

विसं २०७६ असार मसान्तसम्ममा ९३ महिला, ८८ पुरुष र १२ बालबालिका एचआईभी सङ्क्रमितमध्ये १६४ जनाले अस्पतालबाट औषधिसहित परामर्श लिएको जिसीले बताए। “सङ्क्रमितमध्ये १३३ जनाको गह्राैं प्राथमिक अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरेको छ”, उनले भने। एक सय ३४ सङ्क्रमितले कोभिड–१९ विरुद्धको खोपसमेत लगाइसकेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

काठमाडौं । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ …

प्रतिकृया दिनुहॊस