प्रदिप नेपाल

ओमिक्रोन भेरियन्टका अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने

अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन्। सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन् । अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढे पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा भर्ना भएका मध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताइन्। …

पुरा पढ्नुहॊस »

अस्पतालमा चिकित्सक र कर्मचारीकाे अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देश गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन गरेको हो। मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ती व्यवस्थापन गर्न निर्देशन दिएको हो। त्यस्तै करारमा भर्ना भएका स्वास्थ्यकर्मी/ कर्मचारीहरुको करार अवधि …

पुरा पढ्नुहॊस »

एमाले महासचिव शंकर पोखरेललाई कोरोना

एमाले महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ। कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन्। ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन। अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन्।

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले सुपर भाइजर जुनियर अफिसरको पदपूर्ति गर्न कर्मचारी माग गरेको हाे। बैंकले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको जनाएकाे छ। केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंको लागि एकजना सुपरभाइरज आवश्यक परेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ। उक्त पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने पनि जारी सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक ब्यक्तिले सम्पूर्ण आवश्यक कागजातसहित माघ १३ गतेसम्म …

पुरा पढ्नुहॊस »

भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकार मौन रहेकाे भन्दै विवेकशील साझाको आपत्ति

विवेकशील साझा पार्टीले लिपुलेकबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र यसबारे नेपालको सरकारको मौनताप्रति आपत्ति जनाएको छ। ‘नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विवेकशीलका प्रवक्ता शरदराज पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको …

पुरा पढ्नुहॊस »

माघीको अवसरमा सुदूरपश्चिममा दुई दिन बिदा

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

सुदूरपश्चिम प्रदेशमा माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। संघीय सरकारले १ माघमा सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले भाेलिपल्ट २ माघमा पनि माघीको अवसरमा बिदा दिएको हो। १९ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघीका अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायको नयाँ वर्ष र माघीलाई लक्षित गर्दै प्रदेश सरकारदे यो पर्वमा दुई दिन सार्वजनिक बिदा दिने …

पुरा पढ्नुहॊस »

पार्टीकाे अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन एमालेको निर्देशन

नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ। आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई गत पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न …

पुरा पढ्नुहॊस »

‘ए मेरो हजुर-४’ काे टिजर रिलिज

सुपरहिट सिरिज ‘ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर रिलिज गरिएको छ। १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो। अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो। सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन्।

पुरा पढ्नुहॊस »

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच मर्जरसम्बन्धी सहमति

नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको दुवै बैंकले जनाएका छन्। दुवै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरि उक्त समितिले सिफारिश गरे बमोजिम सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए। एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए …

पुरा पढ्नुहॊस »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ

आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ। कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो। अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ। अत्यावश्यकलाई मात्रै त्यस्तो पास दिइने गरिएको छ। विमानस्थलका महाप्रबन्धक बोलाप्रसाद गुरागाईँले कोभिड महामारीको सम्भावित जोखिम नियन्त्रणका लागि भिजिटर पासमा कडाइ गरी स्वास्थ्य …

पुरा पढ्नुहॊस »