जबरजस्ती पदमा बस्न आवश्यक ठानिनँ, अनि राजीनामा दिएँ: मिनेन्द्र रिजाल

नेपाली कांग्रेस महामन्त्रीमा पराजित भएका डा‍‍. मिनेन्द्र रिजालले आफ्नो स्वविवेकले रक्षामन्त्रीबाट राजीनामा दिएको बताएका छन्।

बिहीबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले महामन्त्रीमा पराजित हुने निश्चित भएपछि नैतिकताको आधारमा स्वविवेकले रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेको बताएका हुन्।

रक्षामन्त्रीबाट राजीनामा दिने विषयमा कसैसँग छलफल र सल्लाह नगरेको उनको भनाइ छ। जबरजस्ती पदमा बसिरहन आवश्यक नठानेको र सार्वजनिक जीवनमै रहने रिजालले बताए।

आफू पराजित हुने गरी आएको परिणाम सहजै स्वीकारेको बताएका उनले सोच विचार गरेर रक्षामन्त्रीबाट राजीनामा दिएको पनि दोहोर्याए। उनले प्रधानमन्त्री शेरबहादुर देउवासामू आजै राजीनामा बुझाइसकेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य