कुलमानको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने, चुनाव चिन्ह बिजुलीको चिम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा जनप्रिय ‘लोडसेडिङ अन्त्यका नायक’ कुलमान घिसिङ अब नयाँ राजनीतिक यात्रामा निस्कने भएका छन् । उनको नेतृत्वमा ‘उज्यालो नेपाल’ नामक नयाँ राजनीतिक दल दर्ताको अन्तिम तयारी भइरहेको छ ।  पार्टीको चुनाव चिन्ह बिजुलीको चम्किलो चिम रहनेछ ।

यसअघि ‘नेपाल जनसेवा पार्टी’ नाम राख्ने सहमति भए पनि आइतबार राति बसेको बैठकले ‘उज्यालो नेपाल’ नामलाई नै अन्तिम रूप दिएको हो । पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा तत्कालका लागि ५१ सदस्यीय केन्द्रीय कमिटी रहने सहमति भएको छ ।

घिसिङ निकट एक नेताले बताए अनुसार, अहिले तत्कालका लागि पार्टीमा कुनै पदाधिकारी रहने छैनन् । उपाध्यायको संयोजकत्वमा रहने केन्द्रीय कमिटीमा अन्य सदस्यहरूलाई समावेश गरिनेछ । ‘सुमना जी लगायत अन्य केही साथीहरू जो पदाधिकारीमा रहने योजनामा हुनुहुन्छ, उहाँहरू दोस्रो चरणमा जोडिनुहुनेछ,’ ती नेताले भने, ‘अहिलेको लागि केन्द्रीय कमिटी मात्रै आउँछ ।’

हाल माइन्यूटिङ र सदस्यहरूको हस्ताक्षर संकलनको काम भइरहेको छ । सम्भव भएसम्म आजै अपराह्न ४ बजेसम्ममा सबै प्रक्रिया पूरा गरी पार्टी दर्ता गर्ने प्रयास गरिने, अन्यथा भोलि दर्ता गरिने तयारी छ । केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाम टुंगो लगाउनका लागि छलफल जारी रहेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री