News desk

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

पत्रकार निरा श्रेष्ठको निधनप्रति महासंघ दुःखी

काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’ को उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४० वर्षको अल्पायुमै निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । आइतबार महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेका छन् । केही समयदेखि जिब्रोको क्यान्सरबाट पीडित श्रेष्ठको एक सातादेखि अस्पतालमा उपचारत भई रहेकोमा उपचारकै क्रममा वैशाख ६ गते बिहीबार निधन भएको …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकले नेपालमै पहिलो पटक ल्यायो भर्चुअल क्रेडिट कार्ड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमार बीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरेका हुन् । बैंकका अनुसार भर्चुअल क्रेडिट कार्डको लागि …

पुरा पढ्नुहॊस »

आइपिएलमा सट्टेबाजी गराउने १५ एजेन्ट पक्राउ, बाँकेमा खोलेका थिए अफिस

काठमाडौं । बाँकेमा अनलाइन सट्टेबाजी–जुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले अनलाइन सट्टेबाजी–जुवा खेलाउँदै गरेका १५ जना पक्राउ गरेको हो । उनीहरूले अफिस खोलेरै खुलेआम अनलाइन सट्टेबाजी गरेको प्रहरीले जनाएकाे छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित अयुब हलवाईको घरमा फ्लाट भाडामा लिई अनलाइन सट्टेबाजी–जुवा सम्बन्धी काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १८ …

पुरा पढ्नुहॊस »

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो । सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ । ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबर कारोबार भएका थिए । दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य घटेको थियो भने अन्य समूहको …

पुरा पढ्नुहॊस »

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको छ । अमेरिकास्थित नेपाली संघसस्थाले आयोजना गरिएको अक्सनमा दीपेन्द्र सिंह ऐरीको जर्सी सबैभन्दा बढी मूल्यमा विक्री भएको हो । दीपेन्द्रको जर्सी क्रिस्टल कडेलले १ हजार ५० डलरको बोली लगाएका हुन् । टेक्सस राज्यको अर्भिङ् सहरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेट समर्थकहरुसँग अन्तरक्रिया गरेका छन् । कार्यक्रममा नेपालको ग्रासरुट क्रिकेटको विकासका लागि …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे पार्टी जिम्मेवारीबाट अलग

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे गत चैत्र २८ गते उपाध्यक्षको पदमा निर्वाचित भएकी थिइन् । उनले भनेकी छन्- ‘राष्ट्रिय सभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै म पार्टीका सबै जिम्मेवारीबाट अलग भएको ब्यहोरा जानकारी गराउन चाहन्छु । म राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित …

पुरा पढ्नुहॊस »

एमाले अध्यक्ष ओली अस्वस्थ, उपस्थित भएनन् परिषद् बैठकमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या आएका कारण उनी एमालेको जारी महाधिवेशन प्रतिनिधि परिषद्को आजको बैठकमा सहभागी भएका छैनन् । रूखा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जानकारी दियो । ‘अध्यक्ष ज्यूलाई रुघाखोकी लागेको छ । भीडभाडमा जाँदा सङ्क्रमणको जोखिम हुने भएकाले घरमै आराम गरिरहनु भएको छ,’ सचिवालयले भन्यो । अध्यक्ष ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर …

पुरा पढ्नुहॊस »

विदेशको पीआर लिँदा पनि सरकारी जागिर नछाडेको पौडेलविरुद्ध अर्को मुद्दा

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ । गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमेरिकाको पीआर लिएर सार्वजनिक ओहोदाको पदमा बसेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमति पत्र (पीआर) लिएकै अवस्थामा झुटो विवरण उपलब्ध गराएर कानुनविपरित सार्वजनिक पदमा बसेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । २०८० वैशाखमा मुद्दा दायर भएका विकल पौडेलले …

पुरा पढ्नुहॊस »