News desk

हिउँदे अधिवेशन अन्त्यको तयारी, प्रतिनिधिसभा बैठक आज

सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकोले आजै राति १२ बजेबाट हिउँदे अधिवेशनको अन्त्य हुँदै छ ।

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

काठमाडौं । ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित …

पुरा पढ्नुहॊस »

नयाँ वर्ष २०८१ शुभारम्भ, हर्षोल्लाससहित मनाइँदै

काठमाडौं । विक्रम संवतको पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ । मध्यरातबाट २०८० साल सकिएर २०८१ साल सुरु भएको हो । हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । त्यसैले यस दिनलाई नेपाल तथा विश्वभर छरिएर रहेका नेपालीले विशेष महत्वका साथ मनाउने गर्छन् । विक्रम संवत पात्रोअनुसार सौर्यमानक हिसाबले १ वैशाख १ मा नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ …

पुरा पढ्नुहॊस »

२०८१ सालको पहिलो दिन कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई पठाउने भएको छ । शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले भनिन्– राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्याय भयो ।’  

पुरा पढ्नुहॊस »

संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ …

पुरा पढ्नुहॊस »

घरमा बसिरहेका बेला चट्याङ लागेर युवकको घटनास्थलमै मृत्यु

chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

काठमाडौं । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गएको छ । बिहीबार साँझ वर्षासँगै परेको चट्याङले लागी खिजीदेम्बा–४ लोसाका बमनबहादुर तामाङको ज्यान गएको हो । तामाङ घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर ढली बेहास भएका थिए । तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका सूचना अधिकारी बालिष्टार सिंहले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

डिशहोमको मिसन ८१, तीन हजारमै वार्षिक रिचार्ज

काठमाडौं । नयाँ वर्षको अवसरमा डिशहोमले ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ। योजनामा ग्राहकहरुले ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकहरुले नजिकैको डिलरदाइकहाँ गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन्। नेपालभरका डिशहोमका डिलर तथा सबडिलरहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन्।

पुरा पढ्नुहॊस »