काठमाडौं । बुढानिलकण्ठ हेरिटेजबाट प्रवर्दित लेमन ट्रि होटल प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल चयन भएका छन् । लेमन ट्रि होटल सातौँ वार्षिक साधारणसभाले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
साधारणसभाले शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सिर्जना केसी सञ्चालक पदमा निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वले होटलको सेवा विस्तार र व्यवस्थापनमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ । साधारणसभाले कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । यसैगरी, सर्वसाधारणका लागि २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने निर्णय सर्वसम्मत पारित भएको छ ।
लेमन ट्रि होटलले बुढानिलकण्ठ क्षेत्रको पर्यटकीय महत्त्वलाई ध्यानमा राख्दै आफ्नो सेवा स्तर उकास्ने योजना अघि सारेको छ ।
तपाईंको प्रतिकृया




