उच्च अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्ब २८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ३९.९२ अंकले बढेर २ हजार ६००.२२ विन्दुमा बन्द भएको हो।

आज १ करोड ३३ लाख ८१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज २३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

त्यस्तै, सागर डिष्टिलरी, बन्दिपुर केबलकार र झापा इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ । कम्पनीको मात्र ६५ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री