News desk

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी रूपमा विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । सर्वोच्च अदालतले यौनिक तथा अल्पसङ्ख्यक जोडीलाई कानूनी रूपमा नै विवाह दर्ता गर्ने पाउने अधिकार सुनिश्चित गर्न भन्दै आदेश दिएपछि त्यसलाई कार्यान्वयन गर्न भन्दै विभागले ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै स्थानीय तह अन्तरगत रहेका ६७४३ वटामा …

पुरा पढ्नुहॊस »

डान्सबारको पाँचौ तलामा बाहिरबाट ताला लगाएर तास खेलिरहेका १३ जना पक्राउ

काठमाडौं । ललितपुरको ग्वार्कोमा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पुरा पढ्नुहॊस »

सेनामा फेरि माग्यो ३१९ कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयद्वारा जारी सूचनामा प्राविधिक हवाई र विविध सेवा तर्फका पदिक र विल्लादार पदका लागि दरखास्त आह्वान गरिएको हो । सूचनाअनुसार डाक्टर, नर्स, इन्जिनियरङदेखि लिएर हवाई सेवासम्मका लागि ३१९ जनाको दरखास्त आह्वान गरिएको हो ।  

पुरा पढ्नुहॊस »

डढेलोले जनधन ठूलो क्षति गर्दापनि सरकार संवेदनशील देखिएन : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत डढेलोले जनधन ठूलो क्षति गर्दापनि सरकार संवेदनशील नदेखिएको आरोप लगाएका हुन् । डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको खोजी हुनुपर्ने बताए । ‘यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान …

पुरा पढ्नुहॊस »

अफताप आलमका दाजुभाइसहित ४ जनालाई जन्मकैद

काठमाडौं।  रौतहटको राजपुर बमकाण्डका आरोपित कांग्रेस नेता मोहमद अफताब आलम र उनका भाइ महताब आलमसहित चार जनालाई जन्म कैदको फैसला भएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाइसहित शेष सेराज र बद्री सहनीलाई पनि जन्म कैदको फैसला सुनाएको हो । उनीहरुविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो । अदालतले प्रतिवादी मुक्ति सहनीलाई भने सफाइ दिएको छ । …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा गर्न अस्वीकार गरेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो । यो प्रकरणमा थुनामा रहेका १० जनाले …

पुरा पढ्नुहॊस »

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत समुदायस्तरमा आयुर्वेद सेवा सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रम शङ्खरापुर, तारकेश्वर तथा काठमाडौं महानगरपालिकासँग समन्वय गरी महानगरपालिका तथा नगरपालिका स्थित २४० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुका लागि कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी प्रदान गरिनुका साथै स्वस्थ …

पुरा पढ्नुहॊस »

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दैे उनले नेपाल विद्युत आयात गर्ने देशबाट विद्युत निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्वपूणर् रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरे । नेपालले १० वर्षभित्र १० हजार मेगावाट विद्युत छिमेकी भारतमा विक्रीको लागि बजार खुला गरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा थप लगानी …

पुरा पढ्नुहॊस »