‘१ मिलियन ट्रीज क्याम्पेन’का निम्ति सहकार्य

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत लुम्बिनी वर्ल्ड पिस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने औपचारिक सम्झौता गरेको छ ।

प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

कम्पनीका अनुसार, ‘वान मिलियन ट्रीज क्याम्पेन’ले देशभर हरियाली विस्तारमा दीर्घकालीन टेवा पुर्‍याउनेछ । एक मिलियन बिरुवा रोप्ने लक्ष्य आफैँमा वातावरणीय सन्तुलन, कार्बन उत्सर्जन न्यूनीकरण र तापक्रम नियन्त्रणतर्फको महत्त्वपूर्ण कदम भएको कम्पनीले जनाएको ।

यसले भविष्यका पुस्तालाई सुरक्षित वातावरण दिई दिगो जलवायु व्यवस्थापनमा ठूलो योगदान पुर्‍याउने अपेक्षा छ । हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरि १४८ शाखा तथा उपशाखाबाट सेवा दिँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री