माेहन सिपाडाेल

ताइवानमा रेल दुर्घटना, १८ को मृत्यु

ताइवान । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा अन्य १७० जना घाइते भएका छन् । आइतबार ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा भएको उक्त दुर्घटना भएको हो । उच्च गतिको पुयुमा एक्सप्रेस रेलका सार्वजनिक तस्वीरमा रेल लिकबाट उछिट्टिएर टेढो अवस्थामा रहेको र केही डब्वा जमिनमा लडेको देखाइएको छ । दुर्घटनाको कारणबारे भने केही बताएका छैनन् । घटनाबारे छानविन शुरू …

पुरा पढ्नुहॊस »

विदेशी मुद्राको विनिमयदर: आज कस्तो छ ? (सुची हेर्नुहोस्)

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ ।

पुरा पढ्नुहॊस »

चार घण्टाका लागि कर्फ्यू हटाइयो

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा आइतबार साँझ ५ बजेबाट लगाइएको अनिश्चितकालिन कर्फ्यू चार घण्टाका लागि हटाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि कर्फ्यू हटाइएको हो । दुर्गा मुर्ति परिक्रमा गर्ने क्रममा शुक्रवार साँझ जुुलुस माथि ढुङ्गा हानिएपछि भड्किएको विवादले उग्र रुप लिएपछि ३ दिनदेखि तनानग्रस्त कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू लगाइएको थियो । अवस्था सहज बन्दै गएपछि चार घण्टाका लागि कर्फ्यू हटाइएको जिल्ला प्रहरी कार्यालय …

पुरा पढ्नुहॊस »

आज पनि टीका ग्रहण गर्ने क्रम जारी

काठमाडौं । बडादशैँको आज बाह्रौं दिन अर्थात दशैंको टीकाको तेस्रो दिन आज पनि आफन्त र मान्यजनहरुबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ । विजयादशमीको दिनदेखि सुरु भएको जमरा र टीका, प्रसाद ग्रहणको क्रम आइतबार (आज) पनि जारी छ । हिन्दू धर्मावलम्बीहरुको महान् चाड बडादसैंको टीका लगाउनेक्रम पूर्णिमासम्म चल्ने गर्दछ । आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाई दसैं धुमधामका साथ मनाइँदैछ । टाढा …

पुरा पढ्नुहॊस »

चितवनमा सवारी दुर्घटनाबाट १० को मृत्यु

चितवन । दशैंको समयमा चितवन जिल्लामा मात्रै सवारी दुर्घटनाबाट १० जनाको मृत्यु भएको छ भने ५६ घाइते भएका छन् । असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा १७ वटा ठूला सवारी दुर्घटना भएका हुन् । नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा भएको ती दुर्घटना …

पुरा पढ्नुहॊस »

दुई छोराको हत्या पछि बाबुले गरे आत्महत्या

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ को औराहमा दुई छोराको हत्या गरी बाबुले पनि आत्महत्या गरेका छन् । स्थानीय ४० वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुई छोरा पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । तीनैजनाको शव पोष्टमार्टमका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको प्रहरीले जनाएको छ । सुरेन्द्रलाई तीन दुई वर्षअघि पत्नीले …

पुरा पढ्नुहॊस »

नक्कली नोट छाप्ने मेसिनसहित ५ पक्राऊ

काठमाडौं । नेपाली नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । नेपाली नक्कली नोटहरु छापी वजारमा वितरण गरिरहेको अवस्थामा सनिबार अभियुक्तहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा पर्सा पर्सागढी नगरपालिका ३ घर भई हाल हाल कीर्तिपुर नगरपालिका ३ मच्छे गाउँ बस्ने ईन्द्रबहादुर श्रेष्ठ, गोरखाको शहिद लखन गाँउपालकिा वडा न ८ घर भई हाल मच्छेगाँउ बस्ने नारायण श्रेष्ठ, मकवानपुर हर्नामाडी ९ घर भई हाल मुलपानी बस्ने साहिल थापा …

पुरा पढ्नुहॊस »

एसपी विष्टलाई निष्काशन गर्न सिफारिस

काठमाडौं । छानबिनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशन गर्न सिफारिस गरेको छ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले विष्टलाई निष्काशनको सिफारिस गरेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए । प्रवक्ता थापाले गृह मन्त्रालयले सिफारिस …

पुरा पढ्नुहॊस »

मेस्सी घाइते, तीन साता मैदानबाहिर रहने

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार सेभिल्लाविरुद्ध खेलमा बार्सिलोना कप्तान लियोनल मेस्सी घाइते भएका छन् । नाउ क्याम्पमा खेलको २६ औं मिनेटमा सेभियाका फ्रान्को भाज्क्वेजसंग जुध्न पुग्दा दाहिने हातमा चोट लाग्दा मेस्सी घाइते भएका हुन् । उनलाई पूर्णत निको हुन् तीन देखि चार साता लाग्नेछ । मेस्सी तीन साता बाहिर रहने पुष्टि बार्सिलोनाले समेत गरेको छ । यससँगै मेसीले अर्को साता रियल म्याड्रिडविरुद्ध हुने एल क्लासिको पनि गुमाउने पक्का …

पुरा पढ्नुहॊस »

नेइमारबिनै पीएसजीकाे फराकिलो जित

काठमाडौं । ब्राजिलियन फरवार्ड नेयमारबिनै नै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले एमिएन्सलाई ५–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा नेयमारसँगै पिएसजीले थियागो सिल्भा र थोमस म्युनिरलाई समेत विश्राम दिएको थियो । एमिएन्ससँगको खेलमा पिएसजीका मार्किन्होस, एड्रीएन राबिओट, जुलियन ड्राक्सलर, केलियन एमबाप्पे र मौसा डीयाबीले एक एक गोल गरेका थिए । पीएसजीका लागि १२ औँ मिनेटमा …

पुरा पढ्नुहॊस »