नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
इटहरीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको बस अनियन्त्रित भर्इ सडकबाट ५० मिटर तल खस्दा गुल्मीको हस्तिचौर गाउँपालिका–२ का ३५ वर्षीय तिलक विष्ट, मोरङको सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई, सुनसरीका ३२ वर्षीया अब्दुल अन्सारी र भारत बिहारका विद्यान्नद यादव रहेका छन् । घटनामा थप एक जनाको मृत्यु भएको बताइए पनि सनाखत भएको छैन ।
दुर्घटनामा परी घाइते भएका ३७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए । प्रहरीका अनुसार ४० जना यात्रु बोक्ने क्षमताको भएको उक्त रात्री बसले ५२ जना यात्रु बोकेको थियो ।
प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएको देखिएको प्रहरीको भनाइ छ ।
यॊ पनि हेर्नुहॊस
सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …
प्रतिकृया दिनुहॊस