डलरको भाउ ९८ पैसाले घट्यो

काठमाडौं । केही दिनयता बढिरहेको अमेरिकी डलरको भाउ आज थोरै घटेको छ । शनिबार डलरको भाउ ९८ पैसाले घटेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ ।
हिजो १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा थियो ।
डलरको भाउ बढ्दा नेपालमा विदेशबाट आयात हुने सामान महँगो हुने गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री