‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक

खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित पुस्तक ‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेल, समीक्षक राजकुमाार वानिया, राजनैतिक विश्लेषक शंकर तिवारी र लेखक नारायण घिमिरे र प्रकाशक पुष्पराज पौडेलले संयुक्तरुपमा सार्वजनिक गर्नुभयो ।

पुस्तक बारेमा पूर्वमन्त्री तथा प्रमुख अतिथी थापाले नेपाली रैथाने जडिबुटी निर्यात गरेर व्यापार घाटामा न्यूनीकरण गर्न सकिने बताउनु भयो । साथै योग, आयुर्वेद, रैथाने ज्ञान र जडीबुटीलाई पर्यटनसँग मिलाएर लैजानु पर्ने थापाले भन्नु भयो ।

अमेरिकामा विश्व विद्यालयका लेचरलसमेत रहेका आमोद प्रोखरेलले रैथाने जडीबुटीका बारेमा खाँडिलो जानकारी भएको बताउनु भयो । नेपालमा प्राप्त औषधिजन्य जडिबुटीको क्लिनिकल ट्रायल गर्न सके नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताउनु भयो ।

समीक्षक राजकुमार वानियाँले विदेशमा उच्च ओहादामा बसेर नेपाली स्थानीय परिवेशमा निकै उपयोगी पुस्तक आएको बताउनु भयो ।

विश्लेषक शंकर तिवारीले लोक परस्पर र आफ्नो भोगाई मिसाएर सरल मिठो भाषाशैलीमा सुन्दर पुस्तक लेख्नु भएकोमा लेखकलाई धन्यवाद दिनु भयो । लेखक नारायण घिमिरेले नेपालको जडीबुटीलाई विश्व बजारले महत्वको साथ हेरेको र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनु पर्ने बताउनु भयो ।

कवि रञ्जना निरौलाद्वारा संचालित कार्यक्रम शिखा बुक्सका पुष्पराज पौडेल सभापतित्वमा भएको थियो । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु. ३२५/– रहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल, विकास समितिमा रुपान्तरण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले …

प्रतिकृया दिनुहॊस