पोखरा महानगरपालिका मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मत ल्याएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १, २, १२, २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १२६ मतले अग्रता लिएका हुन् ।
निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १ हजार ९३७ मत ल्याएर पछ्याइरहेका छन् । मेयर तर्फ राप्रपाका शंकर खरालले २२३, स्वतन्त्र गनेश पौडेलले ११८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ९२५ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ७६५ मत प्राप्त गरेकी छन् । उनीहरूको मत अन्तर १४४ छ। पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।
तपाईंको प्रतिकृया




