७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार १८८ नमूना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय कारोना विरुद्धको खोप लगाउँनेको संख्या ११ हजार ६९२ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप