काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । ३ हजार ६ सय २७ मत गणना हुँदा ३ सय ५७ मत ले अगाडि देखिएका हुन् ।
पछिल्लो मत परिणामअनुसार साहले १२२८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले ८७१ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ६९९ मत प्राप्त गरेकी छन् ।
यसैगरी एमालेबाट उपप्रमुखकी प्रत्याशी सुनिता डंगोलले ६०२ मतका साथ अग्रता बनाएकी छन् भने गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले १२६ मत प्राप्त गरेका छन् ।
तपाईंको प्रतिकृया




