धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडाैँ । धनगढी उपमहानगरपालिकाको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै गएका छन् ।

जम्मा १९५३ मतगणना हुँदा हमालले ९०९ मत ल्याएका छन् । उनलाई गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५५२ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दको ८३ मत पुगेको छ ।

उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका शान्ति अधिकारीले अग्रता लिएकी छन् । उनले ४५८ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले २४० र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३११ मत ल्याएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री