मुक्तिनाथ देवघाट (News)
फाइल फोटो

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

काठमाडाैँ । सिद्धार्थ राजमार्ग छेउमा पर्ने तिनाउ खोलामा डुबेर आइतबार भारतीय नागरिकको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका-३, दोभान ड्याम क्षेत्रमा पौडी खेल्ने क्रममा डुबेर भारत गोरखपुर घर भएका ३५ वर्षीय अंकित श्रीवास्तवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बीरेन्द्र थापाले जानकारी दिए ।

पौडी खेल्ने क्रममा डुबेका श्रीवास्तवलाई सँगै आएका साथीहरुले उद्धार गरी प्रादेशिक अस्पताल रुपन्देही बुटवलमा लगेका थिए । उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

प्रतिकृया दिनुहॊस