बबरमहलमा स्कुटर दुर्घटना हुँदा डडेलधुराका २६ वर्षीय केविनको मृत्यु

काठमाडौँ । काठमाडौँको बबरमहलमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति पौने १२ बजेति बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा डडेलधुरा घर भइ कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको मृत्यु भएको हो ।

स्कुटर केविन आफैले चलाएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री