पश्चिम बंगालमा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुग्यो, उद्धार कार्य समाप्त

एजेन्सी । पश्चिम बंगालको जलपाईगुडी जिल्लामा भएको गुवाहाटी–बिकानेर एक्सप्रेस रेल दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।

विहिबार साँझ भएको रेल दुर्घटनामा १२ वटा डब्बा पटरीबाट खसेर दुर्घटना भएको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार रेल दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा ३६ जना घाइते भएका छन्।

केन्द्रीय मन्त्री जोन बलराले दुर्घटनाको उद्धार कार्य पूरा भएको र उद्धारका लागि विशेष ट्रेनबाट यात्रुहरूलाई गुवाहाटी पठाइएको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ईसेवा मनि ट्रान्सफर पाँचौँ वर्षमा प्रवेश

काठमाडौँ । डिजिटल रेमिट्यान्स कम्पनी– ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा पाँचौँ …

प्रतिकृया दिनुहॊस