नरेन्द्र मोदी फ्लाइओभरमा २० मिनेट फसेपछि…

बीबीसी । भारतको पञ्जावको एउटा फ्लाइओभरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेट फसेका छन् । यसलाई गम्भिर सुरक्षा त्रुटीको रुपमा हेरिएको भारतको गृह मन्त्रालयले जनाएको छ ।

उत्तरी राज्यको एउटा स्मारकतर्फ जानेक्रममा उनको मार्गमा प्रदर्शनरत कृषकहरुले अवरोध सिर्जना गरेका थिए । उनीहरु सहायक गृहमन्त्री अजय मिश्राको राजीनामाको माग गर्दै सडकमा ओर्लिएका थिए ।

मिश्राका छोरामाथि केही कृषकको हत्या गरेको आरोप लगाइएको छ । बुधवार नै मोदीको फिरोजपुर सहरमा एउटा र्‍यालीलाई सम्वोधन गर्ने कार्यक्रम पनि थियो । सुरक्षा अवस्था अव्यवस्थित भएपछि तत्कालै मोदी चढेको गाडी विमानस्थल फर्किएको थियो । गत अक्टोवरमा मिश्राका छोराले गराएको कार दुर्घटनामा आठ व्यक्तिको ज्यान गएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य