एमाले रोल्पा जिल्ला सचिव रोकाको हृदयाघातबाट निधन, जिल्ला अधिवेशन स्थगित

काठमाडाैँ । नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको ह्दयघातका कारण निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयाघातबाट उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ ।

नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले गए राति पौने नौ बजे नुवागाउँ अस्पतालमा रोकाको निधन भएको जानकारी दिए । रोका रोल्पाको त्रिवेणी गाउँपालिका-२ निवासी हुन् । उनी यही २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए ।

रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको एमाले केन्द्रीय सदस्य कुमार दसौदीले सामाजिक सञ्जालमा लेखेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य