सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ७ सयले बढेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको छ ।

यस अघि शुक्रबार सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला  १० रुपैयाँले बढेर १२७० मा कारोबार भइरहेको महसंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य