प्रदेश २ मा कांग्रेसको अधिवेशन पुस ६ र ७ गते हुँदै

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने भएको छ।

महाधिवेशनअघि नै प्रदेश अधिवेशनको उद्घाटन भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन।

विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस् भनेर स्थगित गरिएको प्रदेश अधिवेशन अब पुस ६ र ७ गते हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ। निर्वाचन समिति सदस्य अरुणकुमार यादवका अनुसार महाधिवेशन सम्पन्न पश्चात् पुस ६ र ७ गते प्रदेश अधिवेशन हुने निर्णय भएको हो।

प्रदेश अधिवेशनको मिति पुनः तोकिएपछि प्रदेशमा कांग्रेस नेताहरूको चहलपहल बढेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री