सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कँडेल नियुक्त

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बैठकले कँडेललाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। यसअघि बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आफ्नो ४ वर्षे कार्यकाल सम्पन्न गरी बैंकको सेवाबाट अवकाश लिने निर्णय गरेसँगै कँडेल कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए।

बैंकिङ क्षेत्रमा उनको तीन दशकभन्दा लामो कार्य अनुभव छ। व्यवस्थापनमा स्नातकोत्तर गरेका कँडेल सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर काम गरिरहेका छन्। उनी विगत ४ वर्षदेखि बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।

कँडेलले सिद्धार्थ बैंकमा सेवा प्रारम्भ गर्नु अघि नबिल बैंकमा समेत करिब १७ वर्ष काम गरेका थिए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस