काठमाडौं । नेपाली काँग्रेसका सभापतिमा पराजित भएका नेता डा. शेखर कोइरालाले काँग्रेसको रुपान्तरण प्रक्रियामा सक्रिय हुने बताएका छन् । डा. कोइरालाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउन थप जिम्मेवारी आफ्नो काँधमा आएको बताएका हुन् ।
आफुले राजनीतिक लडाई जितेको बताउदै डा. कोइरालाले पार्टीमा यथास्थिति चाहनेहरुको आफूविरुद्ध अपवित्र गठजोड भएको बताएका छन् । उनले आम लोकतन्त्रवादीहरु बीच कांग्रेसप्रति आकर्षण बढाएको बताउदै आमरुपमा भरोसा र विश्वासको वृद्धि गराएको बताए ।
प्रेस विज्ञप्ति :
प्रतिकृया दिनुहॊस