कांग्रेसका बाँकी पाँच सहमहामन्त्रीको मतगणना जारी

नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना सुरु भएको छ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो।

आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए।

खस/आर्यतर्फ देउवा समूहका किशाेरसिंह राठाैरले अग्रता लिएका छन्। उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन्। अहिलेसम्म दुई सय मत गनिसकिएकाे छ। जसमा राठाैरले एक सय सात र चालिसेले ९१ मत पाएका छन्।

यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य