प्रभु बैंककाे साधारणसभा पुस १८ मा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८ पुसमा २० औँ वार्षिक साधारणसभा बोलाएको छ।

सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभा भौतिक तथा भर्चुअल दुबै माध्यमबाट आयोजना हुनेछ।

सभामा बैंकको हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

त्यस्तै, अन्य बैंकसँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ।

सभा प्रयोजनका लागि बैंकले ४ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, १ पुससम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीले लाभांश पाउन तथा सभामा सहभागिता जनाउन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य