कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि श्रीमान पक्राउ

काठमाडाैँ ।  श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापाको दमकबाट एक पुरुष पक्राउ परेका छन् । पत्नी हत्याको अभियोगमा दमक–१० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

लिम्बूमाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

यही मंसिर १६ गते घरायसी झगडा हुदाँ लिम्बूले आफनै ४९ वर्षीया श्रीमती घनादेवी आचार्यलाई कुटपिट गरेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख छ । प्रहरीले घटनाका बारे थप अनुसन्धान गरिरहेको डीएसपी कार्कीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री